३ आश्विन २०८३, शनिबार । September 19, 2026

प्रहरीको फरार सुचिमा पञ्चासिंह ! कतै राजनीतिक संरक्षण त होइन ?


९ माघ २०८०, मंगलबार  

21
Shares

सुर्खेत । १५ वर्षअघि कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जि जारी भएको थियोे । उनिहरुलाई यतिबेला प्रहरीले खोजि गरिरहेको छ । घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ ।

त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ