९ चैत्र २०८२, सोमबार । March 23, 2026

किन बनाइयो अस्ट्रेलियामा नेपालको जस्तै गाउँ ? यस्तो छ भित्रि रहस्य…


६ माघ २०८०, शनिबार  

87
Shares

काठमाडौं । नेपालको आठौँ प्रदेश अस्ट्रेलिया ! यसो भन्दा आश्चर्य नलाग्ला ।

पढ्न होस या कमाउन अथवा रमाउन, नेपालीको पहिलो रोजाईको गन्तव्य बनेको छ अस्ट्रेलिया । लहरो तान्दा पहरो भनेझैँ एकै घरको एक पछि अर्को गर्दै कयौँ नेपाली परिवार अस्ट्रेलियामै जमिसकेका छन् । त्यसैले त होला, अस्ट्रेलियालाई नेपालको आठौँ प्रदेश भनेर व्यङ्ग्य गर्ने गरिएको ।

अस्ट्रेलियाली सहरका गल्ली गल्लीमा नेपाली कति भेटिन्छन् भन्ने आंकलन या अड्कल यतिकै पनि लाउन सकिन्छ । तर, अस्टे«लियामा नेपाली गाउँ बनाइयो । त्यो पनि नेपालीले होइन । यो चाहीँ धेरैको लागि अनौठो प्रसंग हुन सक्छ । पुतली लज,पराजूली कार्पेट्स, दरबाङ फ्रेसहाउस तथा तरकारी पसल, नेपाल प्रहरीको गाडी र सँगै माउन्ट एभरेष्ट टूर बस । नेपाली गाउँ, गाउँका घरलाई मात्रै होइन भिरपाखालाई पनि हुबहु उतारिएको छ ।

अझै यो तरकारी पसल अगाडी राखिएको मकैको झुत्ता हेर्नुस त, लाग्छ साँच्चिकै नेपालकै कुनै गाउँमा गएर बनाइएको भ्लग हेर्दै छौँ । तर, यो बसोबासका लागि बनाइएको गाउँ भने होइन । यो गाउँ एक हलिउड सिनेमाका लागि बनाइएको हो । सिनेमा हो, ‘आइस रोड २ः टु दि स्काई’ यसको पहिलो श्रृङ्खला ‘आइस रोड’ तपाईँहरुमध्य धेरैले हेर्नुभएको पनि होला ।

सिनेमा छायाँङ्कनकै लागि यतिबेला निर्माता टोली अस्ट्रेलियामा छ । अस्कर नोमिनेसनमा परिसकेका लायम निसन अभिनित उक्त सिनेमामा नेपाली दुर्गम गाउँको कथा समेट्नुपर्ने भएकाले भिक्टोरिया राज्यको गिप्सल्याण्डस्थित वालहलाको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि सजाइएको हो ।

नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको उक्त गाउँमा झण्डै एक साता सिनेमा छायाँकन हुने जनाइएको छ । सिनेमाको कथामा अभिनेता लिसन आफ्नो भाइको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य देखाउन खोजिएको छ । सिनेमामा सहभागि हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपालीहरुलाई आग्रह गरिएको छ ।

अस्ट्रेलियाको अर्थतन्त्रमा ३० मिलियन डलरको योगदान पुग्ने र त्यस क्षेत्रका ६ सय भन्दा बढी स्थानियलाई रोजगार बनाउने गरि साताभर सिनेमाको छायाँकन हुँदैछ भनिएको छ । नेपाल र सगरमाथा प्रतिको प्रेम हलिउड सिनेमाको कथाबस्तु बन्नु गर्वको कुरा हो ।

अझ, नेपालबाट टाढा रहेका नेपालीहरुका लागि त खुसी दुई गुणा बढी हुनेनै भयो । तैपनी, भएको गाउँ र आँखै अघि उभिएको सगरमाथा छाडेर कृत्रिम सगरमाथा निर्माण, यसमा कतै हामिनै चुकेका त होइनौँ ?

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो