४ असार २०८३, बिहिबार । June 18, 2026

विपन्न बिरामीलाई मुटुको भल्ब प्रत्यारोपण गर्न ६ लाख सहयोग रकम हस्तान्तरण


३ माघ २०८०, बुधबार  

24
Shares

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत रकुम पूर्वका हिका विकको सहयोगका लागि उठाइएको ६ लाख रकम मंगलबार हस्तान्तरण गरिएको हो।

वाथ मुटुरोगको समस्याका कारण विकको मुटुको भल्ब प्रत्यारोपण गर्नुपर्ने भयो । उपचारमा ४ लाख बढी लाग्ने अस्पतालले बतायो। रुकुम भुमे गाउँपालिका–१ लुकुमका विक ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएका थिए। खर्चको अभावमा उपचार नहुने अवस्था आएपछि रुकुम पूर्वकै शिखर विश्वकर्मा (मौसम)को पहलमा उक्त रकम संकलन गरिएको हो ।

तत्काल अप्रेसन गर्नुपर्ने देखिएको र रकम अभाव भएको थाहा पाएपछि सामाजिक सञ्जालमार्फत आह्वान गरी उक्त रकम संकलन गरिएको शिखरले जानकारी दिए। देशविदेशमा रहेका सहयोगी व्यक्तिहरुबाट ५ दिनको बीचमा उक्त सहयोग संकलन गर्न सकेको शिखरको भनाइ छ ।

दिदी ज्ञानु सुनारका अनुसार हिकालाई एक वर्ष अगाडिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । हात खुट्टा दुख्ने, छाती दुख्ने भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएका थिए । सुरुमा क्षयरोगको शंका गरिएको थियो, औषधि पनि खाए । स्वास्थ्य समस्या बढ्दै गएपछि गत असोजमा गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जाँचका लागि आएका थिए ।

मुटुको भल्ब प्रत्यारोपण गर्न अप्रेसन गर्नुपर्ने चिकित्सकले बताए । विकका ४ वर्षका छोरा छन् भने श्रीमती टीका ६ महिनाकी गर्भवती छिन् । बिरामी भएयता विभिन्न ठाउँमा गरिएको उपचारमा ३ लाख भन्दा बढी खर्च भइसकेको छ । पहिले उपचार गरेकै ऋण तिर्न नसकेको अवस्थामा अप्रेसन गर्न ठूलो रकम लाग्ने भएपछि विक अन्योलमा परेका थिए ।

सहयोग रकम पाएपछि अप्रेसन गरेर स्वस्थ भई छिटै सामान्य जीवनमा फर्कने विश्वासमा उनी छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा