९ चैत्र २०८२, सोमबार । March 23, 2026

तिव्र रुपमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, वीरगञ्जमा नयाँ संक्रमित फेला


२६ पुस २०८०, बिहिबार  

6
Shares

वीरगञ्ज । वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ ।

उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिए । प्रयोगशाला प्राविधिक साहका अनुसार आज एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो ।

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना सङ्क्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए । नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । हाल सो हेल्थ डेस्कमा दैनिक दुई सयदेखि दुई सय ५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन परीक्षण हभइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो