२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू–१९ विश्वकप क्रिकेटः स्कटल्याण्डसँगको अभ्यास खेलमा नेपाल विजयी


२४ पुस २०८०, मंगलबार  

3
Shares

काठमाडौं । यू–१९ विश्वकप क्रिकेटको तयारीका क्रममा स्कटल्याण्डसँग खेलेको अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

दक्षिण अफ्रिकामा सोमबार भएको खेलमा नेपालको यू–१९ टिमले स्कटल्यान्डको यू–१९ टिमलाई १३५ रनको फराकिलो अन्तरले हराएको हो । गुल्सन झाको शतकीय पारीमा नेपालले स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो ।

नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो । गुल्सनले ११५ बलमा ११४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै दिपक बोहरा ५४ बलमा ५८ रनको अर्धशतकीय पारीसहित अविजित रहेका थिए । नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा १४९ रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए ।

नेपालका लागि लेगस्पिनर तिलकराज भण्डारीले सर्वाधिक ३ विकेट लिए । आकाश चन्दले २ विकेट लिए । जनवरी १९ बाट फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समुह डीमा छ । यो समूहमा नेपाल लगायत न्यूृजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्ट इन्डिजसँग आधिकारिक वार्मअप खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ