२२ बैशाख २०८२, सोमबार । May 5, 2025

आगलागीबाट दुई करोड बढीको क्षति



नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ ।

आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनका अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका हुन ।

थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा रु दुई करोड २० लाख बरारबको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष

चेल्सीको धमाकेदार जित, च्याम्पियन्स लिगको दौड रोमाञ्चक

काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा

कति छ सोमबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबारका लागि अमेरिकी

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको