८ चैत्र २०८२, आइतबार । March 22, 2026

रुकुमपश्चिमको स्यार्पु तालः पर्यटक लोभ्याउने एउटा सुन्दर ताल


२७ आश्विन २०८०, शनिबार  

12
Shares

रुकुमपश्चिम । नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो ।

सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् । वडा नं ३ र ५ को बीचमा पर्ने स्यार्पु तालले असारदेखि कात्तिकसम्म भरिभराउ भएर जो कसैको पनि मन लोभ्याइरहेको हुन्छ ।

सिमै छरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर स्यार्पुले यहाँका स्थानीयलाई आन्तरिक तथा बाह्य पर्यटक आउँदा आर्थिकरुपमा टेवा पुर्‍याएको छ । करिब दुई दशमलव छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार दोब्बर बढी हुन्छ ।

असारबाट भरिन सुरु गरेको ताल साउनको अन्तिमतिर आइपुग्दा पूरा भरिन्छ । स्यार्पु ताल अवलोकन गर्ने पर्यटकको सङ्ख्या पनि यो बेला धेरै हुने गरेको छ । शनिबारको समय मिलाएर फ्रेस हुन बिदाको दिन छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, रोल्पाबाट पनि पर्यटक आउने गर्छन् । ताल अवलोकनका लागि ‘बोटिङ’ गरेर आन्नद लिने भएकाले पनि स्यार्पु तालमा थप पर्यटकको आकर्षण हुने गरेको छ ।

तालमा आइसकेपछि तालको चारैतिर घुम्न आधुनिक डुङ्गाको व्यवस्था छ । आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि घरबास सञ्चालन गरिनुले स्यार्पु घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय भूपेन्द्र मल्लले बताए । “मान्छेहरू छुट्टी मनाउनका लागि आउने गरेका छन्, ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किंदैनन्, तालले गर्दा स्थानीयको आयस्रोतसमेत बढेको छ”, मल्लले भने ।

स्यार्पु तालको छेउमै तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । स्यार्पु ताललाई देशविदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरिएको लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिए ।

यही असोज ११ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो