८ बैशाख २०८२, सोमबार । April 21, 2025

हेल्थ असिस्टेन्ट संघ नेपालको चेतावनी




काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै संघले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ ।

लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरेको छ । मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए ।

उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए । सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग अध्यक्ष अधिकारीको छ ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरुको माग तत्काल सम्बोधन नभए चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर नियुक्तिसम्बन्धी उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध दायर

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण