१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

रजत पदक विजेता अभय महरा सम्मानित


१६ भदौ २०८०, शनिबार  

3
Shares

कपिलवस्तु। दक्षिण एसियाली खेलमा रजत पदक विजेता खेलाडी सम्मानित भएका छन् ।

काठमाडौंमा हालै सम्पन्न दक्षिण एसियाली क्षेत्रीय जुनियर च्याम्पियन अन्डर १७ ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ रजत पदक विजेता कपिलवस्तु नगरपालिका-१ का खेलाडी अभय महरालाई आज तौलिहवामा सम्मान गरिएको हो ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तौलिहवास्थित जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी महरालाई प्रदेश सभा सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतले प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गत मंगलबार सम्पन्न दक्षिण एसियाली क्षेत्रीय जुनियर च्याम्पियन अन्डर १७ प्रतियोगितामा नेपालका तर्फबाट खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ५ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली