१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

विभिन्न शर्तसहित प्याराग्लाइडिङलाई उडान अनुमति


६ कार्तिक २०७९, आइतबार  

42
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परि खेलाडीको मृत्यु भएपछि स्थगित भएको उडान आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

आईतबार विभिन्न ५ शर्तहित नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानअनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलटले हरेक १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने लगाएतका शर्तहरु राखिएको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त पनि राखेको छ । साथै व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराउनुपर्ने छ ।

असोज ३० गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल आर्मिका निसिम थापाको मृत्यु भएपछि प्राधिकरणले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली