२२ बैशाख २०८२, सोमबार । May 6, 2025

आचारसंहित सच्याउन आयोगलाई जेटीयुसीसीको पत्र



काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयुसीसी) ले श्रमिक कर्मचारीको राजनीतिक अधिकार कुण्ठित गर्ने गरि जारी गरिएको आचारसंहिता सुधार गर्न भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आचारसंहिताले निजामति शिक्षक, प्राध्यापक, लगाएतका कर्मचारिहरुले निर्वाचनमा उम्मेदवारको पक्षमा मत जाहेर गर्न र प्रचार प्रसार गर्न निषेध गरेको र निषेधित काम गरे निलम्बन गर्न निर्वाचन आयोगबाट संवन्धित निकायमा पत्राचार भएको बिषले संविधानले दिएको ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको पत्रमा उल्लेख गरिएको छ ।

संविधानको व्यवस्था, ट्रेड युनियन ऐन र विधानमा भएको व्यवस्था अन्तर्गत पेशाकर्मिको संरक्षणका लागि माग र एजेन्डा मिल्ने उम्मेदवारको पक्षमा अभिमत जाहेर गर्न रोक्नु संविधानको विपरित कार्य भएको पत्रमा उल्लेख गरिएको छ । निर्वाचनमा आफ्नो प्रतिनिधिको पक्षमा पनि प्रचार प्रसार गर्न नपाईने व्यवस्थाले लोकतन्त्रको मुल्य मान्यतालाई स्थापित गर्न नसक्ने जेटीयुसीसीको धारण छ ।

जेटीयुसीसीले निर्वाचन आचारसंहिताको दफा ७(क) (ख) र दफा १०(क) (ख) र (ग) साथै त्यसलाई कार्यान्वयन गर्न असोज २७ मा जारी भएको निर्देशन समेत तत्काल सच्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले