२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ लाई


८ श्रावण २०८०, सोमबार  

6
Shares

एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ ।

हिजो रातिसम्म भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए । पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।

अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले ।

शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ