२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

राप्रपाको मुख्य प्रतिष्पर्धी एमाले : अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको मुख्य प्रतिष्पर्धा एमाले भएको बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगाएतका पार्टीहरु सयभन्दा तलको सिटमा खुम्चिसकेको बताउँदै उनले एमालेनै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको बताएका हुन । आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटक परिक्षण भईसकेको पार्टी र तिनका उम्मेदवारलाई भोट हाले त्यसको नतिजा आम नागरिकले नै चुकाउनुपर्ने जिकिर गरे ।

कांग्रेस र माओवादीलगायत दलका मतदाताहरुले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे। आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने अध्यक्ष लिङदेनको दाबी छ।

उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हिनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर