२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

राप्रपाको मुख्य प्रतिष्पर्धी एमाले : अध्यक्ष लिङदेन


६ कार्तिक २०७९, आइतबार  

9
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको मुख्य प्रतिष्पर्धा एमाले भएको बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगाएतका पार्टीहरु सयभन्दा तलको सिटमा खुम्चिसकेको बताउँदै उनले एमालेनै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको बताएका हुन । आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटकपटक परिक्षण भईसकेको पार्टी र तिनका उम्मेदवारलाई भोट हाले त्यसको नतिजा आम नागरिकले नै चुकाउनुपर्ने जिकिर गरे ।

कांग्रेस र माओवादीलगायत दलका मतदाताहरुले अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गरे। आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने अध्यक्ष लिङदेनको दाबी छ।

उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हिनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ