३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

ओली भन्छन्ः एमालेले ७० वर्षे राखोस् कि हटाओस्, अरुलाई के मतलब ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने विषय अरुको मतलबको विषय नभएको बताएका छन् ।

एमाले वागमती प्रदेश कमिटीको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेले ७० वर्षे उमेरहद हटाओस् कि ४० राखोस् अरूको मलतबको विषय नभएको बताएका हुन् । ‘पछिललो केहि दिनदेखि एमालेले ७० वर्ष हटायो भनेर हाम्रा विरोधीहरूको रुवावासी छ । तिनलाई के चासो रु ७० हटाओस् कि ७५ राखोस् कि ६० राखोस् कि ४० राखोस्, तिनलाई के मतलब रु,’ उनले भने । अन्य दलहरुले उमेरहद नै नराख्दा पनि भइरहेको उनको भनाई थियो ।

‘कांग्रेसले उमेरै राखेकै छैन । त्यहाँ ८० वर्षको नेता हुँदा पनि ठीकै छ,’ उनले भने, यहाँ त तिनीहरूलाई खालि एमालेकै विरोध गर्नुछ । शेरबहादुरजी ८० वर्ष जति हुनुहुन्छ, र पनि ठिकै छ । केपी ओलीलाई मात्र ताकेका छन् ।’

उमेरहदको विषय उठाउनु अराजनीतिक तर्क भएको र ओलीले त्यस्तासँग आफू राजनीतिक म्याराथनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘कहिलेकाहीँ त्यस्ता अराजनीतिक कुरा गर्नेलाई म्याराथन दौडका लागि निम्तो गरौं कि जस्तो लाग्छ, आऊन् न म्याराथन दौडमा दौडिएको हेर्न,’ उनले भने, ‘उमेर कुनै वैज्ञानिक कुरा होइन, कसैले राखेको पनि छैन । जसले राखेको थियो तिनले हटाइसके ।

सबैभन्दा पहिले उमेरहद राख्ने साइप्रसको पार्टीले पनि हटाइसक्यो अनि हामीले मात्रै राख्नुपर्ने ?’

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा