१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै



एजेन्सी । अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै छन् ।

मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् । खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले पूर्वानुमान गरेका छन् । यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ९ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ ।

विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो । यदि वर्षाले खेल रद्द भएमा दुबै टोलीले १–१ अंक बाँढ्नेछन् । यी दुईबीच अर्को खेल हुनेछैन । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् ।

जसमा भारतले ७ र पाकिस्तानले ३ खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको