२९ बैशाख २०८२, सोमबार । May 12, 2025

वर्कशपमा जुट्यो ‘हात्तीछाप’



काठमाडौं । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ ।

आइतबारबाट सुरु भएको वर्कशपमा फिल्मका मुख्य भुमिकामा अभिनय रहने कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए । फिल्ममा सौगात मल्लको पनि मुख्य भूमिका रहने छ । तर सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नछन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको २१ असारबाट सुरु हुनेछ । फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् । प्रदीपलाई लेखनमा सिमोसले समेत सघाएका छन् । दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा