२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

वर्कशपमा जुट्यो ‘हात्तीछाप’


१८ असार २०८०, सोमबार  

3
Shares

काठमाडौं । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ ।

आइतबारबाट सुरु भएको वर्कशपमा फिल्मका मुख्य भुमिकामा अभिनय रहने कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए । फिल्ममा सौगात मल्लको पनि मुख्य भूमिका रहने छ । तर सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नछन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको २१ असारबाट सुरु हुनेछ । फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् । प्रदीपलाई लेखनमा सिमोसले समेत सघाएका छन् । दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध