२८ बैशाख २०८२, आइतबार । May 11, 2025

गायक तथा सर्जक हेमन्त कन्छा रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक



काठमाडौं । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक गरिएको छ ।

गीत हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । टिपिकल सालैजोमा आधारित गीतमा हेमन्तलाई अमृता नेपालीले समेत स्वरमा साथ दिएकी छन् । यो गीतमा राजकुमार बगरको शब्द रहेको छ भने हेमन्त कान्छाकै संगीत छ ।

मौलिक शब्द रहेको गीतले माया प्रेमलाई र जीवन परिवेशलाई समेटेको छ । गीतको म्युजिक भिडियोले गीतलाई अझै मौलिकतामा परिचित गराएको छ । गीतको म्युजिक भिडियोलाई पनि हेमन्त कान्छाले नै निर्देशन गरेका हुन् भने सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालको अभिनय देख्न सकिन्छ ।

मौलिक गीतले श्रोता दर्शकको माया पाउने अपेक्षा गरिएको छ । गीतमा प्रयोग भएको शब्द ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा चिमखोलाको प्रख्यात डोको हो ।

त्यहाँको डोको सहरी क्षेत्र हुँदै प्रवाससम्म उपहारको रूपमा समेत लैजाने चलन रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ