२१ मंसिर २०८२, शनिबार । December 6, 2025

साफ च्याम्पियनसिप फुटबल: नेपालसँग पाकिस्तान पराजित



एजेन्सी । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले गोल गरे । उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जीत हो । नेपालले तीन खेलमा ३ अङ्क जोड्दै प्रतियोगिता टुङ्ग्याएको छ । यस जीतसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । त्यस्तै पराजित पाकिस्तानले अङ्कविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो ।

यस समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको