२२ माघ २०८२, बुधबार । February 4, 2026

संविधानको रक्षाका लागि गठबन्धनले जिताउनुपर्छ : अध्यक्ष नेपाल



जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र व्यक्तिको हातबाट नेतृत्व खोस्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै उनले मुलुकलाई संकटबाट जोगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने बताए । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो संकल्प हो ।’ विसं २००७ देखि नै देश बचाउन कम्युनिष्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेपालले भ राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए । उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडिएका वर्गलगायत आमनेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न आफूहरुले गठबन्धन गरेको जिकिर गर्नुहुँदै गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे ।

उनले मधेस मुद्दा सम्बोधन र नागरिकता समस्या समाधानका लागि तथा देशलाई अग्रगामी निकासका लागि गठबन्धन गरिएकाले सबैले गठबन्धनलाई जिताउने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल