२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट



कास्की । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०र८१ का लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ रु १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ रु २० अर्ब १९ करोड चार लाख ६२ हजार विनियोजन गरिएको छ । पूँजीगततर्फ कूल बजेटको ६० दशमलव चार र चालुतर्फ ३८ दशमलव एक प्रतिशत बजेट विनियोजन भएको हो ।

वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए । बजेटको स्रोततर्फ सङ्घ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट रु ४० करोड आठ लाख १६ हजार, सःशर्त अनुदानतर्फ रु चार अर्ब ९४ करोड १५ लाख, समपूरक अनुदानतर्फ रु ८४ करोड र विशेष अनुदानतर्फ रु ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु पाँच अर्ब १६ करोड ९१ लख ८४ हजार प्राप्त हुने अनुमान गरिएको मन्त्री मगरले उल्लेख गरे । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि रु तीन अर्ब नगद मौज्दात बचत हुने र रु एक अर्ब ७० करोड आन्तरिक ऋण उठाउने जनाइएको छ ।

चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएका कारण आगामी आवको बजेटको आकार घटेको हो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको