१३ फाल्गुन २०८१, मंगलबार । February 25, 2025

पाल्पा सत्यवती जीप दुर्घटनाः मृतक चार जनाको पहिचान



पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।

अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।

संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरिएको निषेधाज्ञा हट्ने

काठमाडौ । ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हट्ने भएको

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका

टाटा कर्भ ईभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनीक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका