२२ माघ २०८२, बुधबार । February 4, 2026

दाहालले सार्वजनिक गरे प्रतिबद्धता पत्र



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका दाहालले शनिवार ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् ।

गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कृषि, पशुपालन, फलफूल खेती, जडीबुटी, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् । लिगलिग कोट, सिरानचोक, गोरखा दरबार, मनकामना आदिलाई समेटेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, सङ्कलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने लगाएतका बिषयहरु उनको प्रतिबद्धता पत्रमा अटाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल