लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) को तथ्याङ्कअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ। यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो। नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला रहेका छन्। पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्याङ्कमा समावेश नभएको जनाइएको छ।

पोर्चुगलमा नेपालीको संख्या पछिल्ला चार वर्षमा १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा २४ हजार १३ जना नेपाली रहेकोमा सन् २०२५ सम्म आइपुग्दा ५६ हजार ८ सय ६६ पुगेका हुन्। चार वर्षको अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन्।
सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५, एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिकपछि नेपालीको संख्या रहेको छ। त्यसपछि बंगलादेश, गिनी बिसाउ, युक्रेन, साओ टोमे एन्ड प्रिन्सिपे, पाकिस्तानलगायतका नागरिक रहेका छन्।
सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ। सन् २०२१ मा कुल आप्रवासीमध्ये नेपालीको हिस्सा ३ दशमलव २ प्रतिशत थियो।
नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपाल सरकारको कूटनीतिक सक्रियता पनि विस्तार भएको छ। नेपाल सरकारले २०८० सालमा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर







प्रतिक्रिया