२३ आश्विन २०८३, शुक्रबार । October 9, 2026

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने


५ आश्विन २०८३, सोमबार  

3
Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ।

सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उबरका अनुसार यो सहयोग अन्तर्राष्ट्रिय कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) फण्डमार्फत उपलब्ध गराइनेछ। उक्त रकम आपत्कालीन राहत सामग्री वितरण, अस्थायी आश्रय निर्माण तथा बाढी प्रभावित क्षेत्रमा पुनःस्थापनासम्बन्धी कार्यमा प्रयोग गरिने उबरले जनाएको छ।

अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक यात्राबापत १० रुपैयाँ र प्रत्येक क्याब यात्राबापत २० रुपैयाँ उबरले आफ्नै तर्फबाट थप योगदान गर्नेछ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उबरले यो योगदान यात्रु वा चालकबाट असुल नगरिने स्पष्ट पारेको छ। यात्रुले नियमित भाडा नै तिर्नुपर्नेछ भने चालकले पनि साविककै रकम प्राप्त गर्नेछन्।

नेपालका लागि उबरका रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउन सक्ने बताए। त्यस्तै, उबरकी अन्तर्राष्ट्रिय बजार प्रमुख (भारत तथा दक्षिण एसिया) आकांक्षा सिंहले समुदायप्रतिको उबरको जिम्मेवारी मोबिलिटी सेवा प्रदान गर्नेमात्र सीमित नरहेको बताइन्।

अभियानअन्तर्गत उबरले यात्रुलाई नियमित रूपमा राइड बुक गर्न तथा चालकलाई अनलाइन भएर राइड स्वीकार गरी यात्रा पूरा गर्न आग्रह गरेको छ। उबरका अनुसार ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ भन्ने अवधारणासहित सञ्चालन गरिएको अभियानको उद्देश्य दैनिक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणमा जोड्नु हो।

अभियानमार्फत संकलित सहयोगले भोटेकोशी बाढीबाट प्रभावित समुदायको तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका काममा योगदान पुग्ने उबरले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि