२३ आश्विन २०८३, शुक्रबार । October 9, 2026

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट


३ आश्विन २०८३, शनिबार  

51
Shares

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको छ ।

असोज १ गते नयाँ आउटलेटको उद्घाटन गरिएको हो । नयाँ आउटलेटमा ग्राहकले एउटै छानामुनि आयातित तथा नेपालमै उत्पादित सोफा तथा फर्निचरका विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर यहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आउटलेट उद्घाटनको अवसर पारेर ग्राहकका लागि ५० प्रतिशतसम्मको ओपनिङ अफर समेत ल्याइएको छ । विभिन्न सोफा तथा फर्निचर खरिद गर्ने ग्राहकले उद्घाटनको अवसरमा आकर्षक छुट तथा विशेष अफरको लाभ लिन सक्नेछन् । सोफा स्टोर काठमाडौँ का प्रोप्राइटर तथा सिईओ दीपेन्द्र धरेलका अनुसार, कम्पनीले यसअघि नेपालमै आफ्नै फ्याक्ट्रीमा उत्पादन गरिएका सोफा तथा फर्निचर मात्र बिक्री गर्दै आएको थियो । तर, ग्राहकका फरक–फरक आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले अब आयातित सोफा तथा फर्निचर पनि बिक्री गर्न सुरु गरिएको हो ।

उनका अनुसार, एउटै स्थानबाट ग्राहकले आफ्नो बजेट, आवश्यकता र रुचिअनुसार नेपालमा उत्पादितदेखि आयातितसम्मका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् । गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यमा विभिन्न प्रकारका सोफा तथा फर्निचर उपलब्ध गराउने उद्देश्यले जडीबुटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सोफा स्टोर काठमाडौँका आउटलेटहरू जडीबुटी लगायत काठमाडौंको चामती, महाराजगञ्ज (चक्रपथ) तथा भक्तपुरमा सञ्चालनमा रहेका छन् ।

काठमाडौं उपत्यकाबाहिर धादिङ, धनगढी र सुर्खेतमा समेत सोफा स्टोर काठमाडौँका आउटलेटहरू रहेका छन् । जडीबुटी लगायत सबै आउटलेट अब नियमित रूपमा ग्राहकका लागि खुला रहनेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि