८ आश्विन २०८३, बिहिबार । September 24, 2026

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी


२४ भदौ २०८३, बुधबार  

9
Shares

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन गर्दै नयाँ स्वादको खोजीमा छन् फेयरफिल्ड बाइ म्यारियट काठमाडौं ठमेलका हेड शेफ भोल बहादुर विश्वकर्मा।

शेफ विश्वकर्माका अनुसार खानपान केवल भोजन नभई संस्कृति, इतिहास, भूगोल र मानिसको पहिचानसँग जोडिएको विषय हो। यही दृष्टिकोणबाट उनले नेपाली खानाको मौलिकता कायम राख्दै जापानी प्रविधि, प्रस्तुतीकरण र ‘उमामी’ स्वादलाई संयोजन गर्ने अवधारणा अघि सारेका हुन्। नेपालको मःमः, गुन्द्रुक, सिन्की, टिमुर, याक, फापर, कोदो तथा स्थानीय मौसमी तरकारीलाई जापानी पाककलाका प्रविधिसँग जोडेर नयाँ परिकार सिर्जना गर्न सकिने उनको धारणा छ।

यसअन्तर्गत ‘हिमालयन मःमः ग्योइजा’, ‘गुन्द्रुक मिसो सुप’, ‘हिमाली मसलासहितको याक टाटाकी’, ‘टिमुर पोन्जु’, ‘जापानी दासीसहितको झोल मःमः’ र ‘हिमालयन भेजिटेबल टेम्प्युरा’ जस्ता परिकारको अवधारणा अघि सारिएको छ। शेफ विश्वकर्माका अनुसार नेपाली र जापानी खानामा बाहिरी रूपमा धेरै भिन्नता देखिए पनि दुवैमा सामग्रीको सम्मान, मौसमी खाद्यवस्तुको प्रयोग, स्वादको सन्तुलन र प्रकृतिसँगको सम्बन्धजस्ता समानता छन्।

विशेषगरी नेपालमा गुन्द्रुक तथा अचार र जापानमा मिसो, सोया सस तथा कोजीजस्ता किण्वित सामग्रीको परम्पराले दुई संस्कृतिको पाककलालाई जोड्ने सम्भावना देखाउँछ। उनले फ्युजन खानाको मुख्य चुनौती सन्तुलन भएको बताए। जापानी सामग्री र प्रविधि प्रयोग गर्दा नेपाली परिकारको मौलिक पहिचान हराउन नहुने र नेपाली मसलाको अत्यधिक प्रयोगले जापानी पाककलाको विशेषता ओझेलमा पार्न नहुने उनको भनाइ छ। “परम्पराको सम्मान गर्नुहोस्, सामग्रीलाई बुझ्नुहोस्, प्रविधिमा निपुणता हासिल गर्नुहोस् अनि मात्र केही नयाँ सिर्जना गर्नुहोस्,” शेफ विश्वकर्माको पाककलाको मूल दर्शन हो।

उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने हिमाली जडीबुटी, स्थानीय च्याउ, फापर, कोदो, गुन्द्रुक, टिमुर, लप्सी, याकका उत्पादन तथा परम्परागत अन्नजस्ता सामग्री प्रशस्त छन्। यिनलाई आधुनिक पाककलासँग जोडेर नेपाली खानालाई विश्वका पाहुनामाझ नयाँ ढंगले प्रस्तुत गर्न सकिने उनको विश्वास छ। नेपाली–जापानी फ्युजनलाई उनी दुई देशको खानाको सामान्य मिश्रणभन्दा पनि परम्परा, प्रविधि र स्थानीय सामग्रीबीचको संवाद का रूपमा व्याख्या गर्छन्।

हिमालयदेखि आधुनिक हस्पिटालिटीको भान्सासम्मको यो यात्रा एक नयाँ स्वादको खोजीसँगै नेपाली पाकपहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासका रूपमा अघि बढिरहेको छ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको