३० आश्विन २०८३, शुक्रबार । October 17, 2026

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन


३१ जेष्ठ २०८३, आइतबार  

27
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी सहित सात खेलाडी रिटेन गरेको छ।

राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन भएका छन् । गत सिजनको टोलीबाट अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई रिलिज गरिएको छ।

गत सिजन टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महत्वपूर्ण रहेपनि नियम अनुसार रिलिज गर्नुपर्ने भएको कारण खेलाडी रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए। साथै कर्णालीले रिलिज गरेको सात खेलाडी सहित नेपाल प्रिमियर लिग सिजन ३ मा सशक्त रूपमा टीम अगाडि बढ्ने पनि निर्देशक मल्ले बताए।

कर्णाली याक्सले गत सिजन छैटौं स्थानमा लिग सकाएको थियो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि