२५ असार २०८३, बिहिबार । July 10, 2026

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी


३० बैशाख २०८३, बुधबार  

117
Shares

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल सरकारले सञ्चालन गरिरहेको सरसफाइ सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा विभिन्न स्थानबाट फोहोर संकलन, सडक तथा सार्वजनिक क्षेत्र सफा गर्ने कार्य गरिएको आयोजकले जनाएको थियो। अभियानमा सहभागीहरूले सरसफाइलाई केवल सरकारी कार्यक्रमका रूपमा नभई नागरिक दायित्वका रूपमा लिनुपर्ने बताएका थिए। साथै स्वच्छ र सफा सहर निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्दै वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य प्रवर्द्धन तथा समुदायमा सरसफाइप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको थियो।

तर विडम्बना, उक्त सरसफाइ अभियानअन्तर्गत २८ गते संकलन गरिएको फोहोर आजसम्म पनि उठाइएको छैन। सरसफाइ गरेको तेस्रो दिन बितिसक्दा समेत बसपार्क क्षेत्रमा फोहोर थुप्रिएर बसेको छ। सार्वजनिक स्थलमै फोहोर कुहिन थालेपछि दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ। सरसफाइ अभियान गरेर संकलन गरिएको फोहोर नै व्यवस्थापन हुन नसक्नुले नगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको सहभागीहरूको भनाइ छ।

यस विषयमा मेयरलाई पटक–पटक फोन तथा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको आयोजक पक्षले जनाएको छ। रुद्रगण तथा एमआरआर टिमका प्रतिनिधि कमल सापकोटाले कडा चेतावनी दिँदै भने, “नगरपालिकाले यस विषयमा देखाएको बेवास्ता अत्यन्त गैरजिम्मेवार र खेदजनक छ। यदि फोहोर उठेन र कुनै सहयोग गरिएन भने हामी जेठ १ गते उक्त सबै फोहोर ट्र्याक्टरमै हालेर सीधै नगरपालिकाको गेट अगाडि लगेर राख्नेछौं। त्यसपछि उत्पन्न हुने सम्पूर्ण अवस्था र परिणामको जिम्मेवारी मेयर स्वयंले लिनुपर्नेछ।”

उनले सरसफाइ अभियानमा नागरिक स्वयं सक्रिय हुँदा पनि नगरपालिकाले न्यूनतम जिम्मेवारी पूरा नगरेको आरोप लगाए। स्थानीयवासीले पनि “सरसफाइ सप्ताह” नारामै सीमित भएको टिप्पणी गर्दै वास्तविक व्यवस्थापनमा नगरपालिकाले पूर्ण उदासीनता देखाएको बताएका छन्। बसपार्क जस्तो अत्यधिक भीडभाड हुने सार्वजनिक क्षेत्रमा दिनौँसम्म फोहोर थुप्रिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने खतरा बढेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर