४ श्रावण २०८३, सोमबार । July 21, 2026

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल


२५ माघ २०८२, आइतबार  

18
Shares

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग रोमाञ्चक प्रतिस्पर्धापछि ४ रनले पराजित भएको छ।

१८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा भए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले सुरुवात सकारात्मक बनाएका थिए। तर चौथो ओभरमा आसिफ आउट भएपछि दबाब बढ्यो र छैटौं ओभरमा भुर्तेल पनि पवेलियन फर्किए। उनले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए।

दुई ओपनर आउट हुँदा नेपाल ४२–२ को अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले केही समय इंग्ल्यान्डलाई दबाबमा राखेको थियो। तर १५औं ओभरमा साम करनको बलमा दीपेन्द्र आउट भएपछि नेपालले खेलको मोड गुमायो। उनले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए।

लगत्तै कप्तान रोहित पनि ३४ बलमा २ चौका र १ छक्कासहित ३९ रन बनाएर आउट भए। आरिफ शेखले ८ बलमा १० रनको योगदान दिए। इंग्ल्यान्डका लियम डसनले २ विकेट लिँदै बलिङतर्फ प्रभाव जमाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे।

विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै अन्तिमतिर टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए। नेपालका लागि शेर मल्लले फिल साल्टलाई पहिलो बलमै आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि ५७–३ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई बेथेल र ब्रूकको ७१ रनको साझेदारीले उकास्यो।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युट खेलिरहेका शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर