२४ आश्विन २०८३, शनिबार । October 11, 2026

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल


२५ माघ २०८२, आइतबार  

18
Shares

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग रोमाञ्चक प्रतिस्पर्धापछि ४ रनले पराजित भएको छ।

१८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा भए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले सुरुवात सकारात्मक बनाएका थिए। तर चौथो ओभरमा आसिफ आउट भएपछि दबाब बढ्यो र छैटौं ओभरमा भुर्तेल पनि पवेलियन फर्किए। उनले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए।

दुई ओपनर आउट हुँदा नेपाल ४२–२ को अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले केही समय इंग्ल्यान्डलाई दबाबमा राखेको थियो। तर १५औं ओभरमा साम करनको बलमा दीपेन्द्र आउट भएपछि नेपालले खेलको मोड गुमायो। उनले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए।

लगत्तै कप्तान रोहित पनि ३४ बलमा २ चौका र १ छक्कासहित ३९ रन बनाएर आउट भए। आरिफ शेखले ८ बलमा १० रनको योगदान दिए। इंग्ल्यान्डका लियम डसनले २ विकेट लिँदै बलिङतर्फ प्रभाव जमाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे।

विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै अन्तिमतिर टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए। नेपालका लागि शेर मल्लले फिल साल्टलाई पहिलो बलमै आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि ५७–३ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई बेथेल र ब्रूकको ७१ रनको साझेदारीले उकास्यो।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युट खेलिरहेका शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि