२३ पुस २०८२, बुधबार । January 7, 2026

रुकुम पूर्वमा परम्परागत माघी मेला हुँदै, भलिबल प्रतियोगितादेखि सांस्कृतिक झाकीँ प्रदर्शन हुने



रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने ०३, पोखरामा परम्परागत रुपमा लाग्दै आएको माघी मेलामा भलिवल लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

यहि पुस २८ गते उद्घाटन खेल गर्ने गरि मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष तेजबहादुर खड्काले मेलामा पुरुष भलिबलदेखि सांस्कृतिक झाकीँ प्रदर्शन हुने बताए ।

अध्यक्ष खड्काका अनुसार भलिवल प्रतियोगिताका लागि पुस २७ सम्म दर्ता गर्न आह्वान गरिएको छ भने खेल वडास्तरीय खुला हुनेछ ।

पुरुष भलिबलको विजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने मेला व्यवस्थापन समितिका सल्लाहकार कबिराम खड्काले जनाए । उप विजेताले १ लाख नगद पुरस्कार पाउँदा तेस्रो हुनेले ६० हजार र सान्त्वना टिमले नगद ४० हजार पुरस्कार पाउने खड्काले जनाएका छन् ।

विजेता, उप विजेता, तेस्रो र सान्त्वना टिमलाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्रसहित सम्मान गरिने समितिले जनाएको छ ।

त्यस्तै मेलाको अवसरमा रसाकसी, घैंटोफोर, भाले तान्ने र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । साथै मेलामा उपस्थित झाँकीहरूलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले