२२ चैत्र २०८२, आइतबार । April 6, 2026

रुकुम पूर्वमा परम्परागत माघी मेला हुँदै, भलिबल प्रतियोगितादेखि सांस्कृतिक झाकीँ प्रदर्शन हुने


२१ पुस २०८२, सोमबार  

21
Shares

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने ०३, पोखरामा परम्परागत रुपमा लाग्दै आएको माघी मेलामा भलिवल लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

यहि पुस २८ गते उद्घाटन खेल गर्ने गरि मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष तेजबहादुर खड्काले मेलामा पुरुष भलिबलदेखि सांस्कृतिक झाकीँ प्रदर्शन हुने बताए ।

अध्यक्ष खड्काका अनुसार भलिवल प्रतियोगिताका लागि पुस २७ सम्म दर्ता गर्न आह्वान गरिएको छ भने खेल वडास्तरीय खुला हुनेछ ।

पुरुष भलिबलको विजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने मेला व्यवस्थापन समितिका सल्लाहकार कबिराम खड्काले जनाए । उप विजेताले १ लाख नगद पुरस्कार पाउँदा तेस्रो हुनेले ६० हजार र सान्त्वना टिमले नगद ४० हजार पुरस्कार पाउने खड्काले जनाएका छन् ।

विजेता, उप विजेता, तेस्रो र सान्त्वना टिमलाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्रसहित सम्मान गरिने समितिले जनाएको छ ।

त्यस्तै मेलाको अवसरमा रसाकसी, घैंटोफोर, भाले तान्ने र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । साथै मेलामा उपस्थित झाँकीहरूलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने