२३ मंसिर २०८२, सोमबार । December 8, 2025

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न



काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

इक्यानका अनुसार मेलामा नेपालसहित भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपका विभिन्न देशबाट १०० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको थियो। शैक्षिक मेलाले वैदेशिक अध्ययनका अवसर खोजिरहेका विद्यार्थीलाई एकै स्थलमा सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो।

विशेषगरी— विदेशी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी, नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति सेग्मेन्ट, नेपालमै अध्ययन गर्न चाहनेका लागि ‘नेपालमै अध्ययन’ प्याभिलियन, र आवेदन भर्न सहज बनाउने तत्काल आवेदन सहयोग डेस्क जस्ता आकर्षक सुविधा मेलाको मुख्य आकर्षण बने।

सोमबार (मंसिर २२) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मेलाले हजारौं विद्यार्थीलाई आफ्नो भविष्यका शैक्षिक विकल्प तय गर्न महत्त्वपूर्ण जानकारी तथा मार्गदर्शन प्रदान गरेको आयोजक इक्यानले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले