१ कार्तिक २०८३, आइतबार । October 19, 2026

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता


२३ कार्तिक २०८२, आइतबार  

15
Shares

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स ५ (Geely EX5) को विश्वव्यापी बिक्री २ लाख १० हजार युनिट पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

चीनमा उत्पादन भएको यो मोडेल सार्वजनिक भएको सात महिनामै १ लाखभन्दा बढी बिक्रीमा पुगेको थियो। हाल यो एसयूभी थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, विभिन्न युरोपेली देशहरू र ल्याटिन अमेरिकी बजारसहित २६ देशमा उपलब्ध छ।

सन् २०२५ को पहिलो छ महिनामा जीली अटोले विश्वभर १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत वृद्धि हासिल गरेको छ। यससँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्य २० लाख ७१ हजारबाट बढाएर ३० लाख युनिट पुर्‍याउने घोषणा गरेको छ।

नेपालमा पनि हालै सुरू गरिएको जीली ईएक्स ५ ले उपभोक्ताहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ। आधिकारिक आयातकर्ता एलआरआर मोटर्स ले बढ्दो मागका कारण देशभर डिलरशिप विस्तार गर्ने योजना अघि सारेको छ।

सुरक्षा र डिजाइनमा विश्वस्तरको मान्यता पाउँदै, जीली ईएक्स ५ ले Euro NCAP र ANCAP दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। सात एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection र ३६०° क्यामेरा प्रणालीजस्ता अत्याधुनिक सुविधाले यसलाई अझ सुरक्षित बनाएका छन्।

यसैगरी, आकर्षक डिजाइन र स्मार्ट इन्टेरियरका कारण जीली ईएक्स ५ ले Red Dot Design Award 2025 समेत जितेको छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा सफल र लोकप्रिय विद्युतीय एसयूभीमध्ये एकका रूपमा स्थापित गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि