२८ चैत्र २०८२, शनिबार । April 11, 2026

इजरायली सेनाले भन्योः विपिन इज नो मोर


२७ आश्विन २०८२, सोमबार  

30
Shares

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाका अधिकारीले औपचारिक रूपमा पुष्टि गरेका छन्।

इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन अब जीवित नरहेको जानकारी दिएका हुन्। उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी, तथा इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई समावेश गरी भिडियो कन्फरेन्समार्फत दिइएको राजदूत पण्डितले बताएका छन्।

राजदूत पण्डितका अनुसार, ‘आईडीएफका अधिकारीले हामीलाई स्पष्ट शब्दमा भने— विपिन इज नो मोर।’ हाल अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविराम अन्तर्गत हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु मुक्त गर्ने प्रक्रिया चलिरहेको छ। तर, सार्वजनिक भएका नामावलीमा विपिनको नाम भने समावेश गरिएको छैन।

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका बेला उनी बन्धक बनेका थिए। सो हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमास लडाकुहरूले आफ्नो साथमा लगेका थिए। विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा अन्तिम पटक देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात रह्यो।

गत बुधबार उनको एउटा पुरानो भिडियो सार्वजनिक भएपछि फेरि चर्चा भएको थियो। उनको अवस्था बुझ्नका लागि सरकारले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो। विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेर फर्किएका थिए, र हाल उनीहरू अमेरिकामा छन्।

तर लामो प्रयासपछि पनि विपिनको उद्धार सम्भव हुन सकेन, जसले सम्पूर्ण नेपाली समुदायलाई गहिरो दुःखमा डुबाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व