११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

मलेसियाविरुद्धको तेस्रो टी–२० मा नेपाललाई १२१ रनको लक्ष्य


१९ आश्विन २०८२, आइतबार  

9
Shares

काठमाडौं । नेपाल र मलेसियाबीच जारी पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १२० रन जोड्यो। मलेसियाकी आइना हमिजा उत्कृष्ट फर्ममा रहिन् — उनले लगातार दोस्रो अर्धशतक प्रहार गर्दै ६१ रनको योगदान दिइन्।

नेपालका बलर कविता जोशी र कविता कुँवरले सानदार बलिङ गर्दै समान दुई–दुई विकेट लिए। सिरिजमा दुवै टोलीले हालसम्म एक–एक खेल जितेका छन्। पहिलो खेलमा तीन रनले हार भोगेको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित निकालेको थियो।

नेपाल आजको खेल जित्दै सिरिजमा २–१ को अग्रता बनाउने लक्ष्यमा छ। यो सिरिज नेपालका लागि विशेष तयारीका रूपमा रहेको छ, किनभने नेपाली महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली