२३ पुस २०८२, बुधबार । January 7, 2026

बागमती र सहायक नदीहरूमा जलस्तर बढ्दै, तटीय बस्ती उच्च जोखिममा



काठमाडौं । उपत्यकाका मुख्य नदी तथा खोलामा लगातार बढ्दो जलस्तरसँगै डुबान र बाढीको खतरा तीव्र बनेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर भए पनि हाल जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, बालकुमारीस्थित मनोहरा खोलामा ४.४ मिटर सतर्कता तह पार भइसकेको छ भने नख्खु खोलामा समेत पानीको मात्रा बढ्दो छ ।

मौसमविद्हरूले आगामी २४ घण्टासम्म वर्षा नरोकिने अनुमान गरेका छन् । यसले गत वर्षको जस्तै ठूलो बाढी आउने सम्भावना बढाएको उनीहरूको चेतावनी छ ।

विशेषगरी हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी वरपर, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्र उच्च जोखिममा रहेका छन् ।

यसैबीच, स्थानीय प्रशासनले नदी किनार र तटीय बस्तीमा बसोबास गर्ने नागरिकलाई सजग रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ४ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले