१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित, हजारौँ यात्रु अलपत्र


१८ आश्विन २०८२, शनिबार  

18
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान र अवतरण अस्थायी रूपमा स्थगित गरिएको छ।

उडान रोकिनुका कारण आन्तरिक टर्मिनलमा यात्रुहरूको भीड देखिएको छ भने कतिपय एयरलाइन्सहरूले यात्रुहरूलाई टिकट क्यान्सिल गरिदिइरहेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म वर्षा भइरहेको छ। आगामी घण्टामा पानीको मात्रा थप बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली