१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

तीन दिनका लागि लामो दूरीको यातायात बन्द



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशभर लामो दूरीका यातायात सञ्चालन नगर्न निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले यो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ –
“भारी वर्षा तथा सम्भावित बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक जोखिम कम गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यातायात सेवा अस्थायी रूपमा रोकिएको छ।”

साथै, प्राधिकरणले यातायात व्यवसायी, नागरिक र सम्बन्धित निकायलाई अत्यावश्यकबाहेकका सवारी साधन नचलाउन अनुरोध गरेको छ। यस अवधिमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आवतजावत रोकथाम र निगरानी कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा