२३ पुस २०८२, बुधबार । January 8, 2026

आजको मौसमः काठमाडौं सहित अधिकांश ठाउँमा भारी बर्षा, सतर्क रहन आग्रह



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव देखिएको छ।

यसकै कारण विभिन्न प्रदेशमा मौसम बदलिँदो र वर्षा भइरहेका छन्। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरूमा पनि वर्षा हुने देखिएको छ।

यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी–तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने धेरै भारी वर्षाको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश ठाउँमा बदली रहनेछ। ती प्रदेशका पहाडी–तराई भूभागका धेरै स्थानमा र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। साथै, केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले