१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

आजको मौसमः काठमाडौं सहित अधिकांश ठाउँमा भारी बर्षा, सतर्क रहन आग्रह



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव देखिएको छ।

यसकै कारण विभिन्न प्रदेशमा मौसम बदलिँदो र वर्षा भइरहेका छन्। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरूमा पनि वर्षा हुने देखिएको छ।

यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी–तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने धेरै भारी वर्षाको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश ठाउँमा बदली रहनेछ। ती प्रदेशका पहाडी–तराई भूभागका धेरै स्थानमा र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। साथै, केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा