१० कार्तिक २०८३, मंगलबार । October 28, 2026

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?


३० भदौ २०८२, सोमबार  

21
Shares

काठमाडौं । अन्तरिम सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय र संसदीय मामिलाको जिम्मेवारी अधिवक्ता तथा सामाजिक अभियन्ता ओम प्रकाश अर्यालले सम्हाल्नेगरि शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै खनालले कर प्रशासनदेखि राजस्व नीतिसम्मका विषयमा अनुभवी मानिएको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्। उता, नेपाल विद्युत प्राधिकरणमा सुधारक नेतृत्व प्रस्तुत गरेका घिसिङले ऊर्जा तथा पूर्वाधार क्षेत्रसँगै सहरी विकासको जिम्मेवारी पाएका छन्।

अधिवक्ता अर्यालले भने गृह प्रशासन र कानुनी मामिला सम्हाल्दै जेनजी आन्दोलनमा संलग्नताको अनुभव पनि उपयोग गर्ने अवसर पाएका छन्।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा