३० भदौ २०८३, मंगलबार । September 15, 2026

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?


३० भदौ २०८२, सोमबार  

21
Shares

काठमाडौं । अन्तरिम सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय र संसदीय मामिलाको जिम्मेवारी अधिवक्ता तथा सामाजिक अभियन्ता ओम प्रकाश अर्यालले सम्हाल्नेगरि शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै खनालले कर प्रशासनदेखि राजस्व नीतिसम्मका विषयमा अनुभवी मानिएको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्। उता, नेपाल विद्युत प्राधिकरणमा सुधारक नेतृत्व प्रस्तुत गरेका घिसिङले ऊर्जा तथा पूर्वाधार क्षेत्रसँगै सहरी विकासको जिम्मेवारी पाएका छन्।

अधिवक्ता अर्यालले भने गृह प्रशासन र कानुनी मामिला सम्हाल्दै जेनजी आन्दोलनमा संलग्नताको अनुभव पनि उपयोग गर्ने अवसर पाएका छन्।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको