७ चैत्र २०८२, शनिबार । March 21, 2026

चाडपर्वमा यात्रु सहजताका लागि ६ बुँदे निर्णय, अग्रिम टिकट बुकिङको मिति तोकिएन


२९ भाद्र २०८२, आइतबार  

21
Shares

काठमाडौं । दसैँ तिहार लगायतका चाडपर्वमा यात्रु सहज र सुरक्षित रुपमा घर फर्किन सकून भन्ने उदेश्यले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाहरूबीच भएको विशेष बैठकले ६ बुँदे निर्णय गरेको छ ।

उक्त बैठकले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको यात्रा सुरक्षित, सहज र प्रभावकारी बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सम्बन्धित संस्थालाई आवश्यक सहयोग गर्न अनुरोध समेत गरेको छ । यात्रुका गुनासा तुरुन्तै सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ।

यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधि लगायत सरोकारवाला निकाय रहनेछन्। त्यस्तै, चाडपर्व अवधिमा उपत्यका छाड्ने सवारीसाधनहरूको प्राविधिक परीक्षण अनिवार्य गर्ने तथा यात्रु सहायता कक्ष स्थापना गर्न नाडा अटोमोबाइल्स लगायतका संस्थालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

सार्वजनिक सवारीसाधन र कार्यालयमा आन्दोलनका क्रममा भएको क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीका लागि आवश्यक सामग्री उपलब्ध गराउने, र आन्दोलनकै क्रममा लुटिएका हतियार वा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिने गरी तत्काल सूचना जारी गर्ने निर्णय समेत बैठकले गरेको छ।

तर यसपटक बैठकले अघिल्ला वर्षझैँ अग्रिम टिकट बुकिङको मिति भने तय गरेको छैन। अघिल्ला वर्षहरूमा यातायात व्यवस्था विभागले सरोकारवालासँगको छलफलपछि टिकट बुकिङ खुलाउने मिति तोँक्दै आएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो