१६ आश्विन २०८३, शुक्रबार । October 2, 2026

सुमना श्रेष्ठले छाडिन् रास्वपा, यस्तो छ कारण


२९ भदौ २०८२, आइतबार  

21
Shares

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाड्ने निर्णय सार्वजनिक गरेकी छन्।

पार्टी केन्द्रीय समितिलाई जानकारी दिँदै उनले रास्वपाको नेतृत्व लगातार गल्ती गर्ने तर कहिल्यै त्यसलाई स्वीकार नगर्ने प्रवृत्ति आफूलाई अस्वीकार्य लागेको बताएकी छन्। “गल्तीमाथि गल्ती दोहोर्याइन्छ, तर जिम्मेवारी लिन सकिँदैन। त्यसको बोझ भने सबैले बोक्नुपर्छ भन्ने कुरा सह्य भएन,” उनले भनिन्।

श्रेष्ठका अनुसार पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल गर्ने र नेतामुखी संस्कृति बढाउने प्रवृत्तिले आफूलाई थप पीडा दिएको छ। उनले भनिन्, “जबदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई प्राथमिकता दिन थाल्यो, त्यसबेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ।”

यसअघि श्रेष्ठले सह-महामन्त्री पद छोडेकी थिइन्। सांसद भएको कारण संगठनात्मक काममा समय दिन नसक्ने भन्दै राजीनामा दिएकी उनले समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।

प्रचण्ड नेतृत्वको सरकारले गठन गरेको बेला उनी शिक्षामन्त्रीसमेत रहेकी थिइन्।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि