११ कार्तिक २०८३, बुधबार । October 28, 2026

सुमना श्रेष्ठले छाडिन् रास्वपा, यस्तो छ कारण


२९ भदौ २०८२, आइतबार  

21
Shares

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाड्ने निर्णय सार्वजनिक गरेकी छन्।

पार्टी केन्द्रीय समितिलाई जानकारी दिँदै उनले रास्वपाको नेतृत्व लगातार गल्ती गर्ने तर कहिल्यै त्यसलाई स्वीकार नगर्ने प्रवृत्ति आफूलाई अस्वीकार्य लागेको बताएकी छन्। “गल्तीमाथि गल्ती दोहोर्याइन्छ, तर जिम्मेवारी लिन सकिँदैन। त्यसको बोझ भने सबैले बोक्नुपर्छ भन्ने कुरा सह्य भएन,” उनले भनिन्।

श्रेष्ठका अनुसार पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल गर्ने र नेतामुखी संस्कृति बढाउने प्रवृत्तिले आफूलाई थप पीडा दिएको छ। उनले भनिन्, “जबदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई प्राथमिकता दिन थाल्यो, त्यसबेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ।”

यसअघि श्रेष्ठले सह-महामन्त्री पद छोडेकी थिइन्। सांसद भएको कारण संगठनात्मक काममा समय दिन नसक्ने भन्दै राजीनामा दिएकी उनले समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।

प्रचण्ड नेतृत्वको सरकारले गठन गरेको बेला उनी शिक्षामन्त्रीसमेत रहेकी थिइन्।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा