२ माघ २०८२, बिहिबार । January 16, 2026

सरकारको पहिलो निर्णयः जेन्जीआन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा जेन्जी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गरेकी छन्।

सो अवसरमा उनले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरिन्। सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार नयाँ सरकारका लागि सेवा प्रवाह चुनौतीपूर्ण हुने देखिएको छ। उनका शब्दमा, “धेरैजसो सरकारी कार्यालयहरू भौतिकरूपमै क्षतिग्रस्त छन्।

बजेट र प्राथमिकताको आधारमा पुनर्निर्माण अघि बढाउनैपर्छ। मन्त्रालय, अदालत र सिडिओ कार्यालयहरू तोडफोड तथा आगजनीमा परेका छन्।” उनले अझै सुरक्षित अवस्थामा रहेका कार्यालयमार्फत सेवा प्रवाह निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यस्तो कार्यका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

साथै, कर्मचारीको मनोबल उच्च राखी सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले