काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालसालै सामाजिक सञ्जालमार्फत् युवा पुस्ता, विशेषगरी Gen Z लाई संयमित रहन आग्रह गरेका छन्।
उनले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन् — “हामीले सुरुमा नै स्पष्ट पारेका थियौं, यो आन्दोलन शुद्धरूपमा Gen Z को हो। प्रिय Gen Z, तपाईंहरूले खोजिरहेको कदम पूरा भइसकेको छ, हत्याराको राजीनामा आइसकेको छ। अब देशको सम्पत्ति र जनधनको क्षति रोक्नु जरुरी छ।”
शाहले अझै थपे, “देशको नेतृत्व अब तपाईंहरूको पुस्ताले लिनुपर्नेछ, त्यसका लागि तयार रहनुहोस्। तर वार्तामा बस्नु अघि संसद् विघटन हुनु अपरिहार्य शर्त हो। सेना प्रमुखसँग छलफल गर्न पनि तत्पर रहनुहोस्।”







प्रतिक्रिया