२८ चैत्र २०८२, शनिबार । April 12, 2026

क्रसर व्यवसायीको पीडा समाधानका लागि प्रदेशस्तरीय कार्यक्रम, कानुनी उपचारमार्फत मार्ग निकाल्ने अध्यक्ष न्यौपानेको प्रतिबद्धता


१७ भाद्र २०८२, मंगलबार  

12
Shares

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेश स्तरिय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । त्योसँगै भदौ १८ गते गण्डकी र भदौँ २० गते लुम्बिनी प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने तय गरिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीको समस्या अझै सरकारको तहसम्म नपुगेको भन्दै पीडा कानुनी आधारमा समाधान गर्न सबै एकमत रहेको बताए । “हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन,” अध्यक्ष न्यौपानेले भने, “व्यवसायीको पीडा समाधान गर्न महासंघ निरन्तर लबिङ गरिरहेको छ । प्रदेश संघले पनि समस्याको समाधानका लागि अघि बढ्नुपर्छ ।”

उनले क्रसर व्यवसायी लामो समयदेखि नविकरण नहुँदा मारमा परेको उल्लेख गर्दै सरकारलाई तिर्नुपर्ने कर र दस्तुर तिर्न व्यवसायी तयार रहेको बताए । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नविकरण प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिए ।

कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई आर्थिक लाभ हुने भन्दै सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व