२ माघ २०८२, बिहिबार । January 15, 2026

कमल खत्रीको अध्यक्षतामा गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको नयाँ नेतृत्व



बुटवल। गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको बैठक संयोजक कमल खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरू माथि छलफल गर्दै समाजको नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकले धन्यवाद ज्ञापन, सल्लाहकार नियुक्ति, नाम एकीकरण, आर्थिक एकीकरण लगायतका एजेन्डामा निर्णय गरेको छ। यस क्रममा समाजका उपदेशन समिति अन्तर्गत यदुमणि पोख्रेल, मोहन क्षेत्री र सिता खड्कालाई सल्लाहकार पदमा मनोनयन गरिएको छ ।

बैठकले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ। जसमा अध्यक्ष कमल खत्री, उपाध्यक्ष किरण कुँवर, सचिव रामप्रसाद पोख्रेल, कोषाध्यक्ष निराजन पोख्रेल, सह–सचिव विष्णु सुनार रहेका छन्। त्यस्तै, सदस्यहरूमा सुरेश पोख्रेल, प्रदीप घिमिरे, प्रेम जीसी, विदुर पाण्डे, रमा खड्का, राजन कुँवर, ज्योति जीसी र आनन्द खत्री चयन भएका छन् ।

बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरूले समाजको गतिविधिलाई अझ प्रभावकारी बनाउन सामूहिक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले