२४ पुस २०८२, बिहिबार । January 9, 2026

आजको मौसमः यी दुई प्रदेशमा भारी वर्षा, सतर्क रहन आग्रह



काठमाडौं । नेपालमा मनसुन हाल केही कमजोर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरकिएको कारण वर्षा सामान्य भन्दा कम भएको हो। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेकाले देशभर बदली बढ्दै गएको छ। हाल देशभर सामान्यतया बदली छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई तथा पहाडी भूभागमा, साथै बाँकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।

विशेषगरी कोशी प्रदेशका तराई र पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले