२८ चैत्र २०८२, शनिबार । April 12, 2026

देशभर श्रद्धा र भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


३१ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्म भएको विश्वास गरिने श्रीकृष्णलाई ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रवर्तकका रूपमा मानिन्छ । त्यसैले यो दिनलाई जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनेर विशेष रूपमा मनाइन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, प्रवचन, भजनकीर्तन भइरहेका छन् भने महिलादेखि पुरुषसम्म व्रत बसेर जाग्राम गर्ने परम्परा रहिआएको छ ।

मानवलाई अन्याय र अत्याचारबाट रक्षा गर्न विष्णुको आठौँ अवतारका रूपमा प्रकट भएका श्रीकृष्णले सत्य र सत्कर्मप्रतिको आस्था जगाउन जीवनभर योगदान दिएको धार्मिक विश्वास छ । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेशकै आधारमा ‘श्रीमद्भागवत गीता’ जस्तो महत्त्वपूर्ण ग्रन्थ अस्तित्वमा आएको हो, जुन विश्वकै धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ ।

कृष्णको बाल्यकालीन लीलादेखि दानवी प्रवृत्तिको संहारसम्मका कथा पुराणहरूमा उल्लिखित छन् । यस अवसरमा पाटनको प्रसिद्ध कृष्ण मन्दिर, कागेश्वरी मनोहराको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरलगायतका स्थानमा ठूलो भीड लागेको छ ।

राजधानीका विभिन्न धार्मिक संघ–संस्थाले झाँकीसहित शोभायात्रा र रथयात्रा आयोजना गर्ने परम्परा पनि कायम छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व