५ श्रावण २०८३, मंगलबार । July 21, 2026

टप एन्ड टी-२० सिरिज : नेपालको पहिलो चुनौती आज नर्दन टेरिटोरीविरुद्ध


३० श्रावण २०८२, शुक्रबार  

36
Shares

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा सुरू भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।

नेपाली समय अनुसार दिउँसो २:१५ बजे हुने यो खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टोली नर्दन टेरिटोरी रहनेछ। रोहित पौडेलको कप्तानीमा उत्रिएको नेपाली टोलीसँग उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। सिरिजमा नेपालसहित अष्ट्रेलियाका बिग ब्यास क्लबका एकेडेमी टिम, पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ पनि प्रतिस्पर्धामा छन्।

नेपालको आगामी खेल तालिका यसप्रकार छः

  • १७ अगस्ट (शनिबार) : बंगलादेश ‘ए’ विरुद्ध
  • १९ अगस्ट (सोमबार) : मेलबर्न स्टार्स एकेडेमी विरुद्ध
  • २१ अगस्ट (बुधबार) : मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध
  • २३ अगस्ट (शुक्रबार) : पाकिस्तान शाहिन्स विरुद्ध

यस सिरिजपश्चात नेपालले अस्ट्रेलियामै एक हप्तासम्म थप अभ्यास गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) अनुसार, नेपाली टोलीले २६ अगस्टमा क्रिकेट एसिटीसँग दुई खेल, २८ अगस्टमा साउथ अष्ट्रेलियासँग दुई खेल र ३० अगस्टमा एकदिवसीय खेल खेल्नेछ।

अस्ट्रेलिया भ्रमणपछि, नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन टी-२० खेलको सिरिज खेल्नेछ।

यो तयारीको मुख्य उद्देश्य यही वर्ष अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु हो। यस छनोटमा ९ टोली सहभागी हुनेछन्, जसबाट शीर्ष ३ टोलीले अर्को वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर