२८ चैत्र २०८२, शनिबार । April 12, 2026

तराईमा कमजोर हुँदै मनसुनी प्रणाली, पहाडी भूभागमा भारी वर्षाको चेतावनी


३० श्रावण २०८२, शुक्रबार  

42
Shares

काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा हाल तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ खस्दै जाने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशभर मनसुनको प्रभाव केही कमजोर हुँदै जानेछ। यद्यपि, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत् रहनेछ। आज बिहान सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली देखिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णालीका केही भागहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि यस्तै मौसमी स्थिति रहनेछ। सुदूरपश्चिम र अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही भागमा हल्का देखि मध्यम वर्षा पर्न सक्छ।

राति देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षा हुने र कोशी तथा गण्डकीका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व