२५ पुस २०८२, शुक्रबार । January 10, 2026

तराईमा कमजोर हुँदै मनसुनी प्रणाली, पहाडी भूभागमा भारी वर्षाको चेतावनी



काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा हाल तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ खस्दै जाने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशभर मनसुनको प्रभाव केही कमजोर हुँदै जानेछ। यद्यपि, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत् रहनेछ। आज बिहान सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली देखिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णालीका केही भागहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि यस्तै मौसमी स्थिति रहनेछ। सुदूरपश्चिम र अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही भागमा हल्का देखि मध्यम वर्षा पर्न सक्छ।

राति देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षा हुने र कोशी तथा गण्डकीका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले