१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षाको सम्भावना !सतर्कता अपनाउन अनुरोध


२९ श्रावण २०८२, बिहिबार  

21
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल पश्चिमी नेपालका तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतर्फ सक्रिय भएकाले आगामी २४ घण्टामा पूर्वी भूभागको तुलनामा पश्चिमी नेपालमा मनसुनको प्रभाव बढी रहने अनुमान गरिएको छ।

यसको असरस्वरूप हाल देशभर आकाश पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा र अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि देशको अधिकांश पहाडी भूभागमा बदली रहिरहनेछ। गण्डकीको पहाड तथा तराई, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रका केही स्थानमा र मधेससहितका अन्य पहाडी–तराई क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहने महाशाखाले चेतावनी दिएको छ। सहरी तथा तराई क्षेत्रका बासिन्दालाई डुबानको जोखिमका कारण आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था